काठमाडौं । गायक तथा कलाकार रोविन तामाङको आकस्मिक निधन भएको छ । प्रहरीका अनुसार उनको शव पोस्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।

तामाङको निधन कसरी भयो भन्ने खुलेको छैन । हिजो बुढानीलकण्ठस्थित आफ्नै घरको कोठामा तामाङको शव भेटिएको हो । प्रहरीका अनुसार कोठाको ढोका भित्रबाट लागेको थियो । शवको प्रकृति र अवस्था हेर्दा आत्महत्याजस्तो नदेखिएको बुढानीलकण्ठ प्रहरीका इन्स्पेक्टर दीपेन्द्र चन्दले बताए ।

तामाङकी पत्नी काम विशेषले घरबाहिर थिइन् । उनले २ घण्टासम्म लगातार श्रीमानलाई फोन गर्दा पनि नउठेपछि रोविनकी दिदीलाई फोन गरेर घरमा हेर्न पठाएकी थिइन् ।

दिदी घर पुग्दा भित्रबाट गेट लगाइएको थियो। धेरै बेर बोलाउँदा पनि ढोका नखोलेपछि दिदीले प्रहरीलाई खबर गरेकी थिइन् ।

‘प्रहरी घरमा पुगेर ढोका खोलेर हेर्दा खाटको बायाँतर्फ उहाँ घोप्टो परेर लडिरहनु भएको थियो’, चन्दले बताए ।

प्रहरीले घटनास्थलमा निरीक्षण गर्दा वरिपरि कुनै सुसाइड नोट भेटिएन। झट्ट हेर्दा हृदयघात वा मस्तिष्क घात भएकोजस्तो देखिएको प्रहरीको भनाइ छ । पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न सक्ने प्रहरीले जनाएको छ ।

तामाङको मृत्युबारे उनकै आधिकारिक फेसबुक पेजबाट जानकारी सार्वजनिक भएको थियो । स्रोतका अनुसार उनकी पत्नीले नै सो पोस्ट गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय