
पूर्ण कार्की
ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका–२३ ले सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभका सदस्यहरुलाई छलफलमा बोलाएको छ । वडा कार्यालयले मगलबार एक सूचना जारी गर्दै वडा कार्यलयमा सहकारीका वचतकर्ताहरुले वचत फिर्ताका लागि निवेदन दिएपछि वडा अध्यक्ष जीवन महर्जनले बिहिवारका लागि छलफलमा बोलाएका हुन् ।
वडामा रहेको सनातन गुठीमा छलफलका लागि उपस्थित हुन सम्पुर्ण वचतकर्ताहरुलाई सूचनामा आग्रह गरिएको छ । पछिल्लो समय सुमेरुका वचतकतार्हरुले वचत गरेको रकम फिर्ता नपाएपछि वडा कार्यलय सहकारी विभाग लगायतका निकायमा वचत फिर्ताका लागि निवेदन दिएका थिए ।