काठमाडौं । भारतमा सम्पन्न साफ च्याम्पियनसिप फूटबलमा नेपालले ‘फेयर प्ले’ अवार्ड पाएको छ । मंगलबार सम्पन्न प्रतियोगिताको समापन समारोहमा नेपाललाई ‘एयर प्ले’ अवार्ड प्रदान गरिएको हो ।
नेपालको तर्फबाट नेपालका फिफा रेफ्री प्रज्जवल क्षेत्रीले सो अवार्ड लिएका थिए । नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको थियो । पहिलो खेलमा कुवेतसँग ३-१ पराजीत हुँदै प्रतियोगिताको शुरुवात गरेको नेपाल दोस्रो खेलमा भारतसँग २-० गोलले हारेको थियो ।
यस्तै तेस्रो तथा अन्तिम खेलमा पाकिस्तानलाई १-० गोलले हराउँदै नेपालले प्रतियोगिताको अन्त्य गरेको थियो ।












