विजय खड्का/काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १० हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार १५० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १० हजार ६०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो।