साउन काठमाडौ । काठमाडाैकाे चावहिल स्थित नेपाल चलचित्र विकास बाेर्डमा यही साउन ६ गते विशेष प्रदर्शन हुन गईरहेकाे नेपाली कथानक चलचित्र दुवालीकाे सम्पूर्ण तयारी पूरा भएकाे छ ।
मुनसन सुपर स्टार मुभिज प्रालिकाे ब्यानरमा तयार पारिएको यस चलचित्र तामाङ समुदाय र माझी समुदायलाई समेटेर निर्माण गरिएकाे र चलचित्र प्रदर्शनकाे सम्पूर्ण तयारी पूरा भइसकेकाे कलाकार तथा निर्देशक हुत्त संजय लामाले बताउनु भएकाे छ ।
यस चलचित्रलाई हुत्त सञ्जय र अर्जुन खड्काले निर्देशन रहेको छ भने चलचित्र ‘दुवाली’ लाई राजु किरातले द्धन्द निर्देशन, अर्जुन खड्काले सम्पादन, दिपक तामाङले मिक्सिङ, प्रज्वल राउतले छायांकन, कर्साङ लामाले पार्श्व संगीत गरेका छन् । लोसाङ लामा र इकेस लामाको संयुक्त निर्माणमा बनेकाे यस चलचत्रिमा हुत्त संजय लामाको कथा रहेकाे छ।
यस चलचित्रमा कमल बिराही थापाकाे शब्द कर्साङ लामा, बबिता पाख्रिन र पूजा लामाकाे स्वर रहेकाे छ । कलाकारहरुमा बिरमान स्याङतान, हुत्त संजय लामा, प्रितिका शर्मा, बुद्ध ब्लाेन, सम्झना माेक्तान, हिरन माझी, माया देवी माेक्तान, राजकुमार स्याङतान, सावित्री माझी, सुस्मिता लुङबा, ईन्द्र स्याङतान, राम तामाङ, दिपेश माेक्तान, उर्गन लामा, याेगेश घ्लान, बबिन्द्र माझी, कविता गुरुङ, याेगेश लामा, कुलवीर माझी, सुर्जमान तामाङ, शम्भु माझी, बिमल माझी, दिल ब माझी तथा बाल कलाकारहरुमा कुसुम तामाङ र सबिन माझी रहेकाे छ ।
चलचित्रकाे प्रबन्धक भने लदेन माेक्तानले गरेका छन भने मेकअप आर्टिस्टमा मदन न्याैपानेले गरेका हुन् । यस चलचित्रलाई तामाङ र माझी समुदायबाट तथा आम चलचित्र प्रेमी दर्शकहरुले हेरीदिनका लागि निर्माण टिमले अनुराेध गरेका छन् ।












