पूर्ण कार्की/ललितपुर । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्षमा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट तस्कर, ठग र भ्रष्टाचारीहरू अत्तालिएको बताएका छन् । । तर, आम जनतामा भने त्यसले आशा जगाएको उनको भनाइ छ ।

शुक्रबार ललितपुरको डिलाइट पार्टी भेन्यूमा आयोजित कार्यक्रममा श्रेष्ठले सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि सानुराज बज्राचार्य, संकरलाल वैद्य, रोशन महर्जन, सुनिल देउला, रामकृष्ण महर्जन, हरिकृष्ण महर्जन, रत्न महर्जनलगायत १६७ जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

कार्यक्रम माओवादी केन्द्रको जिल्ला समन्वय समिति ललितपुरले कार्यक्रमको आयोजना गरेको हो।

कार्यक्रममा माओवादी केन्द्र ललितपुरका संयोजक शिव कट्टेलले पार्टी प्रवेश गर्नेहरूलाई पार्टीले उचित जिम्मेवारी दिने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय