ललितपुर । ललितपुर महानगरपालिका वडा नंं १६ वडा कलाकार समितिले इन्द्रजात्राको अवसर पारी ‘लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ । पाटन दरवार क्षेत्रको भण्डारखाल बगैचामा आश्विन ११ गते विहिवार प्रतियोगिता आयोजना हुने आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

प्रतियोगितामा प्रथम हुने प्रतियोगी समूहलाई १ लाख नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ भने द्वितीय ७५ हजार, तृतीय ५० हजार, सान्त्वना २५ हजार नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ । सर्वोत्कृष्ट गायक, संगीतकार तथा रचनाकारलाई पनि २५ हजार नगदसहित ट्रफि, प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा वरिष्ठ कलाकारर ब्यक्तित्वलाई ‘ललितरत्न’ उपाधिसहित सम्मान गरिने पनि आयोजकले जनाएको छ ।

प्रतियोगीहरुले आफ्नो गीतको रेकर्ड फारामसहित दर्ता गराउनु पर्ने, उक्त रेकर्डमार्फत छनौट भएकाहरु अडिशन राउण्डमा प्रस्तुत गर्नेछन् भने अडिशन राउण्डबाट छनौट भएकाहरु लिटिल स्टार गीत प्रतियोगितामा सहभागी हुने जानकारी गराइएको छ ।

यस प्रतियोगितामा सहभागी हुन कम्तीमा ४ जना वाद्यवादक संगीतकारहरुको साथमा गीत प्रस्तुत गर्नुपर्ने नियम पनि राखिएको छ । प्रतियोगितामा सहभागी हुन आजैबाट फाराम बुझाउन सकिने पनि आयोजकले जनाएको छ ।

लिटिल स्टार रेकर्डस् प्रमुख प्रायोजक रहेको सो प्रतियोगिताको सहयोगीमा पाटन म्यूजियम रहेको छ । नेवाः भोजसहितको यो प्रतियोगिता कार्यक्रमको जानकारी कलाकार समितिको फेसबुक पेजबाट लिन सकिने पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय