मेलम्ची भदौ ।नेकपा (माओवादी केन्द्र)ले जनतासँग माओवादी: विशेष रूपान्तरण अभियान” घोषणा गरेसँगै माओवादी केन्द्र मेलम्ची नगरपालिकाले तयारी थालेको छ । ‘जनजनमा माओवादी, घरघरमा माओवादी’ मूल नारा बनाएर अभियानकाे घोषणा गरेकाे माओवादी केन्द्रले अभियान सञ्चालनको लागि केन्द्रीय सदस्य शंकर लामालाई तोकिएसँगै सोमबार पुर्ण बैठक सम्पन्न भएको छ।

बैठकले आगामी ३ महिने अभियान अन्तर्गत गरिने विभिन्न कार्यक्रमहरूका बारेमा छलफल गर्दै आगामी याेजना समेत तयार गरेको छ ।सोमबार बसेको बैठक नगर समिति का अध्यक्ष गोपाल नेपाल “भिम” को अध्यक्षतामा पार्टीको केन्द्रीय सदस्य शंकर लामाको प्रमुख आतिथ्यता र बागमति प्रदेश सदस्यहरु उद्दान आलेमगर “उपेन्द्र”, फुर्पा स्याङ्बो, भरत थापा,सुमित्रा बस्नेत र नुन बहादुर सापकोटा “मनोज”लगायतको नेताहरूको उपस्थितिमा बैठकले सर्कुलर जारी गरीएको छ ।

३ महिने अभियान तयारीको लागि मेलम्ची नगरको १३ वटै वडाहरुको बैठक भाद्र १४ गते भित्र सम्पन्न गरि भाद्र १६ गते एकै पटक एकै साथ १३ वटै वडाको आ- आफ्नो सापेक्षतामा जनता संग माओवादी : विशेष रुपान्तरण अभियान सुरुवात गर्ने र रिपोर्ट नगर कार्यालयमा पठाउन पर्ने सर्कुलरले जारी गरिएको छ।३ महिने जनता संग माओवादी विशेष रुपान्तरण अभियानले कार्यविभाजन गरी वडागत टोलि निर्माण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय