काठमाडौँ । ‘जनतासँग माओवादी रूपान्तरण अभियान’ अन्तर्गत सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम कारबाहीहरूको जानकारी गराउने लक्ष्य माओवादीले लिएको छ ।

माओवादीको तीन महिने अभियान भदौ १६ गतेबाट सुरु गर्ने भएको छ । उक्त कार्यक्रमको तयारी पुरा भएको शुक्रवार पत्रकार सम्मेलन गरेर सो पार्टीले जनाएको छ । अभियानमार्फत ‘घरघरमा माओवादी, जनजनमा माओवादी’को नारा दिएर माओवादी केन्द्र जनतासमक्ष पुग्न लागेको हो । अभियानको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिवार उद्घाटन गर्दैछन् ।

कार्यक्रम अन्तर्गत माओवादीले केन्द्रीय सदस्यहरूलाई वडा तहसम्म पठाउनेछ । त्यसरी खटिने नेताहरूले कम्तीमा २५ लाख मतदातासँग प्रत्यक्ष भेटघाट गरी सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा गरेका काम कारबाहीहरूको जानकारी गराउने लक्ष्य माओवादीले लिएको छ । साथै अभियानमार्फत पार्टी सदस्य ८ लाख पुर्‍याउने माओवादीको तयारी छ ।

यस्तो छ नेताहरूको जिम्मेवारी:

maoist-leader

m1

m2

m3

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय