काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर आफू अध्यक्ष बन्ने कसरतमा लागि रहेका छन् । उनको यो कसरतले अहिले एमाले भित्र ठुलो हलचल ल्याइरहेका छ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ । केपी ओली स्वयंले समेत केही हप्ता अघि भण्डारीलाई सक्रिय राजनीतिमा आउन कसैले नरोकेको प्रतिक्रिया दिएका थिए । उनको यही प्रतिक्रियाले पनि भण्डारी एमालेको अध्यक्ष बन्न लागेको बुझ्न काफी हुन्छ ।

एमालेको एक पक्ष भण्डारीलाई एमालेमा ल्याउन सक्रिय रूपमा लागेको छ भने अर्को पक्ष रोक्ने प्रयास गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्वबाट हटाएर २०८४ सालको आमनिर्वाचनमा भण्डारीको नेतृत्वमा प्रतिस्पर्धा गर्ने योजना भित्रभित्रै बनेको छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा २०७९ सालको निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकेको बुझाइ भण्डारीलाई भित्र्याउन चाहनेहरूको छ । तत्कालीन नेकपाको दुई तिहाइ नजिकको बहुमत जोगाउन ओली असफल भएको र उनकै नेतृत्वमा २०७९ सालको निर्वाचनमा प्रतिस्पर्धा गर्दा राम्रो नतिजा आउन नसकेको निष्कर्ष उनीहरूको छ । ओलीकै नेतृत्वमा २०८४ सालको निर्वाचनमा समेत राम्रो नतिजा ल्याउन नसकिने भएकाले त्यसअघि नेतृत्व फेर्नुपर्ने कसरत भइरहेको हो ।

‘ओलीको हठ, गतल कार्यशैली एवं मनोमानीले आउने निर्वाचनमा पार्टीले राम्रो नजिता ल्याउन नसकिने २०७९ सालको निर्वाचनबाट प्रस्ट भइसकेको, राम्रो नजिता आए पनि त्यसलाई जोगाउन नसकिने नेकपाको प्राप्त बहुमतबाट पनि देखिएको, त्यसैले अब आउने निर्वाचनअघि नेतृत्व फेर्नुको विकल्प नभएको एमालेका नेतृत्व फेर्ने अभियानका नेताहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय