मेलम्ची भदौ ।नेकपा माओवादी केन्द्रको जनतासँग विशेष रूपान्तरण तीन महिने अभियान शनिबारबाट शुरू भएको छ । ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ घोषणा गरे सङै २५ लाख मतदातासँग प्रत्यक्ष भेट गर्ने लक्ष्य सहित अभियान सुरु गरेको हो ।

माओवादीले ‘घर–घरमा माओवादी, जनजनमा माओवादी’ नारासहित हिजो मेलम्ची नगरपालिकाका माओवादीले विभिन्न कार्यक्रम गर्दै सुरुवात गरेका छन् । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ले मेलम्ची बजारमा सरसफाई गरेर अभियानको सुरुवात गरेको छ । नेकपा माओवादी केन्द्रका वडा समिती अध्यक्ष ज्ञानप्रसाद सोपकोटाले मेलम्ची नगरको बजारमा सरसफाई गर्दै अभियानको सुरुवात गरेको थियो । माओवादी केन्द्रका केन्द्रिय सदस्य शंकर लामाको उपस्थितीमा भएको कार्यक्रममा स्थानिय नेता कार्यकता देखि प्रहरी, कर्मचारी लगायत स्थानियको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय