काठमाडौँ । मिस गुरुङ इन्टरनेसनलको पाँचौ संस्करणको तयारी पूरा भएको छ । गुरुङ समुदायको कला, भाषा, भेषभुषा तथा संस्कृतिको जर्गेनाका लागि आयोजना हुँदै आएको मिस गुरुङ इन्टरनेशनलको तयारी पूरा भएको आयोजक मृग तृष्णा फेसन हाउसले जनाएको छ । भदौ २१ गते गोरखा, २२ गते पोखरा, २३ गते चितवन र भदौ ३० गते काठमाडौँमा अडिसन हुदैछ । इटहरी तथा भारतको सिक्किममा अडिसन कार्यक्रम भइरहेको छ ।

अडिसनबाट छानिएका प्रतियोगीलाई काठमाडौँमा व्यक्तित्व विकास, भाषा–संस्कृति, जीवन विज्ञान लगायतका विभिन्न विषयमा सम्बन्धित क्षेत्रका विशेषज्ञबाट २१ दिने तालिम तथा ज्ञान दिएर विभिन्न सामाजिक कार्यमा समेत संलग्न गराइने अध्यक्ष तृष्णा गुरुङले जानकारी दिए ।

मिस गुरुङ इन्टरनेसनल पाचौँ संस्करणमा सहभागी प्रतियोगिलाई वर्षभरी नै विभिन्न सामाजिक, सांस्कृतिक कार्यक्रममा सहभागी गराउनुका साथै फेसन शो, म्युजिक भिडियो लगायत व्यावसायिक गतिविधिमा अवसर दिने आयोजकले जनाएको छ ।

उपाधि विजेताले नगद पुरस्कारसहित अष्ट्रेलियामा हुने हेरिटेज फेसन शोमा सहभागी हुने अवसर पाउनेछन् । मिस गुरुङ इन्टरनेसनल उपाधि विजेताले नगद पुरष्कार पाँच लाख, मिस पपुलर अवार्ड विजेताले तीन लाख तथा फस्ट रनरअपले दुई लाख, सेकेन्ड रनरअपले एक लाख र मिस ट्यालेन्ट उपाधि विजेताले नगद पच्चीस हजारसहित विभिन्न पुरस्कार पाउँनेछन् ।

प्रतियोगिताको अनलाइन भोटिङ पाटर्नर ओएस आर कनेक्ट रहेको छ भने प्रतियोगिता व्यवस्थापन बि एण्ड बि इभेन्ट मानियाले गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय