काठमाडाैं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेको छ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार भएको आक्रमणको भर्त्सना गर्दै विद्यार्थी संघले गृहमन्त्री श्रेष्ठको राजीनामा माग गरेको हो।

यादवमाथि आक्रमण भएपछि नेविसंघले काठमाडाैंमा मसाल जुलुसहित प्रदर्शन पनि गरेकाे छ। पूर्व मन्त्रीजस्तो व्यक्तिलाई दिनदहाडै सार्वजनिक स्थलमा ज्यानमार्ने उद्देश्यका साथ धारिलो हतियार प्रहार गरिनु निन्दनीय रहेको नेविसंघको भनाइ छ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजित कार्यक्रममा सहभागी भएर फर्कने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रयोग गरी साङ्घातिक आक्रमण भएको थियो।

नेता यादवमाथि आक्रमण गरेको आरोपमा नुवाकोट घर भई काठमाडौँ बालाजु बस्ने श्यामबाबु सापकोटालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाएको जनाइएको छ।

राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालले एक विज्ञप्ति जारी गर्दै नेता यादवलाई चिकित्सकको निगरानीमा आइसियुमा राखेर उपचार गरिरहेको जानकारी दिए।

‘उहाँको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई न्युरोसर्जरीर अर्थोपेडिक सर्जरीका विज्ञ डाक्टरहरूद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय