चरिकोट भदौ ।नेकपा माओवादी केन्द्र दोलखाले वैदेशिक रोजगारीबाट फर्किएका ब्याक्तीहरुको सङ्गठन रिटर्नी सेन्टर नेपालको प्रथम भेला गरिएको छ । सनिवार दोलखाको चरिकोटको नेकपा माओवादी केन्द्रको कार्यलयमा भेलाको आयोजना गरिएको थियो ।

प्रथम भेलाले दिनेश गुरुङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राजकुमार मल्ल र सचिवमा सुन्दर खड्का चयन भएका छन् । रिटर्नी सेन्टर दोलखका जिल्ला इन्चार्ज सीताराम बस्नेतको अध्यक्षतामा सम्पन्न भेलामा केन्द्रिय उपाध्यक्ष हेमन्त पौडेल, माओवादी केन्द्र दोलखाका संयोजक कुलबहादुर बुढाथोकी, जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानी र रिटर्नी सेन्टर केन्द्रिय कार्यालय सदस्य पुष्कर कुमार अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय