काठमाडौं । साविक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग(एनएसएल)का लागि राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर आशिष चौधरीलाई मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ । सोमबार धनगढी एफसीले आशिषलाई आधिकारिक रुपमा अनुबन्ध गरेको जनाएको हो ।

‘गो ड्रिमर्स’ को स्वामित्वमा रहेको धनगढीले गत संस्करणका मार्की खेलाडी विशाल राई राखेको थियो । २३ वर्षीय आशिषले शहीद स्मारक लिग ‘ए’ डिभिजन लिगमा चर्च ब्याइज यूनाइटेडबाट खेलेका थिए । उनले क्लबलाई लिगको बनाउन महत्वपूर्ण भूमिका पनि खेलेका थिए ।

सन् २०२२ को सेप्टेम्बर २७ मा बंगलादेशविरुद्धको खेलबाट नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका आशिषले ६ खेल खेलिसकेका छन् ।

बैंगलोरमा गत जुनमा भएको साफ फुटबल प्रतियोगितामा पाकिस्तानविरुद्ध उनले विजयी गोल गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय