काठमाडौं । एसियाली खेलकुद अन्तर्गत आजबाट शुरु हुने पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल र मंगोलिया भिड्दैछन् । जेजिआङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा हुने खेल बिहान ६:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा नेपाल जीत निकाल्दै प्रतियोगितामा सुखद शुरुवात गर्ने लक्ष्यसाथ मैदान उत्रिनेछ । तुलात्मक रुपमा कमजोर मंगोलियामाथि नेपाल सहज जीतको खोजीमा हुनेछ । पछिल्लो एक वर्ष एकदिवसीय क्रिकेटमा व्यस्त नेपालले आज पहिलोपटक टी-२० खेल खेल्दैछ ।

एसियाली खेलकुदमा नेपाल समूह ‘ए’मा रहेको छ । नेपालको समूहमा मंगोलिया र माल्दिभ्स रहेका छन् । नेपालले दोस्रो खेलमा आइतबार माल्दिभ्सको सामना गर्नेछ । समूहचरणबाट शीर्ष दुई स्थानमा रहने टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलमा पुगेको खण्डमा नेपालले भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशमध्ये एक टोलीसँग खेल्न पाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय