ललितपु्र । ललितपुर रेण्टल क्याटरिङ्ग तथा पार्टी प्यालेस संघको अध्यक्षमा हिम किशोर काङमाङ राई निर्विरोध निर्वाचित भएको छ । शुक्रबार ललितपुरको अशोक प्यार्टी प्यालेसमा भएको संघको १३ औँ वार्षिक साधारणसभा तथा ७ औँ अधिवेशनले उनलाई निर्विरोध अध्यक्ष पदमा चयन गरेको हो ।

यसैगरी संघको उपाध्यक्षमा बाबु राजा महर्जन, सचिवमा रोशन घिमिरे, सहसचिवमा नरेन्द्र महर्जन, कोषाध्यक्षमा ईश्वर खड्का र सहकोषाध्यक्षमा अमिर कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यमा योरजङ्ग कार्की, दिवाकर पोखरेल, विष्णु कारन्जित, विनोद महर्जन, चेतनाथ बजगाई, सहदेव अधिकारी र सन्दिप श्रेष्ठ चयन भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय