काठमाडौं – जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पमा परि ठूलो संख्यामा मानिसहरूको मृत्यु भएका खबरहरू आइरहेका छन् ।

मध्यरातमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म कम्तिमा ४० जनाको मृत्यु भएको छ ।

प्रहरी र स्थानीयका अनुसार हालसम्म रुकुममा २० जना भन्दा बढी मानिसहरूको मृत्यु भएको बताइएको छ ।

जाजरकोटमा पनि हालसम्म २० जना भन्दा धेरैको मृत्यु भएको खबर छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंहसहित २० जनाको मृत्यु भएको छ ।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा सबैभन्दा ठूलो क्षति भएको छ ।

रातको समय भएकाले क्षतिका विवरण आइसकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय