युएई । युएईको दुबई राज्यअन्तर्गतको पर्यटकीय शहर वरदुबईमा सुविधा सम्पन्न नेपाली रेष्टुरेन्ट र क्लब सञ्चालनमा आउने भएको छ ।
नेपाली समुदायको सर्वाधिक भिडभाड हुने वरदुबईमा बिशेषगरी नेपालीलाई नैं लक्षितगरी काष्ठमाण्डप नेपाली रेष्टुरेन्ट र क्लव एसके सेभन एकैंसाथ सञ्चालनमा आउने भएको हो ।
पुरानो एचएसबिसी बैंक बिल्डिङको एम फ्लोरमा सबैं सुविधा उपलब्ध हुनेगरी व्यवस्थित र सुविधासम्पन्न काष्ठमाण्डप नेपाली रेष्टुरेन्ट र क्लव एसके सेभन डिसेम्बर १ तारिखदेखि खुल्ने तयारी गरिएको जनरल मेनेजर जेम्स गुरुङले जानकारी दिए ।
काष्ठमाण्डप नेपाली रेष्टुरेन्टमा बिशेषगरी नेपाली स्वादमा, स्वादिष्ट नेपाली परिकार पाईने जिएम गुरुङले बताए । हामी उच्च स्तरको क्वालिटी दिने छौं गुरुङले भनेः क्वालिटीमा कुनै सम्झौंता हुनेछैंन । शुद्धता, सरसफाई र खानेकुराको गुणस्तरमा कुनैं कमि हुन नदिने उनको प्रतिबद्धता छ ।

पारिवारिक वातावरण, बैंठक, सभाहल, पर्याप्त पार्किङको व्यवस्था रहको जिएम गुरुङले जानकारी दिए । वर दुबईमा पहिलो पटक यत्ति धेरैं सुविधा सम्पन्न रेष्टुरेन्ट खुल्न लागेको हो ।
रेष्टुरेन्टबाट सुन्दर दृश्य देखिन सक्ने, दुबईको मुख्य सहर, विश्वभरबाट आउने पर्यटकको मुख्य गन्तव्य भएका कारण ग्राहकलाई सुविधा हुने गुरुङको भनाई छ । रेष्टुरेन्टको १०९ जनासम्म क्षमता रहेको छ । एकैंपटक एकसय भन्दा धेरैं ग्राहकलाई सहज सुविधायुक्त ढङ्गले सेवा दिन सकिने जिएम गुरुङले जानकारी दिए ।
नेपाली समुदायलाई सुविधाजनक ढङ्गले गुणस्तरयुक्त सेवा दिनको लागि रेष्टुरेन्ट र क्लव सञ्चालन गर्न लागिएको सञ्चालक सरोज बिष्टले बताए । मध्यम खर्चमा पनि स्वस्थकर खाना र पुर्ण मनोरञ्जन दिने उद्देश्यले रेष्टुरेन्ट र क्लव स्थापना गरिएको बिष्टको भनाई छ । ‘हामीले सबैं कानुनी प्रक्रिया पूरा गरिसकेका छौं । डिसेम्बर पहिलो साताबाट रेष्टुरेन्ट र क्लव एकैंसाथ शुरु गर्नेछौं’ बिष्टले भने, ‘नेपालीसहित ईण्डियन, अरबिक सबैंलाई समेट्नेगरी उत्कृष्ट सेवा दिनेछौं ।’ काष्ठमाण्डप नेपाली रेष्टुरेन्टमा नेपाली पहिचान झल्काउने शुद्ध नेपाली खाना उपलब्ध हुने बिष्टले बताए ।

विश्वभर काष्ठमाण्डपको शाखा खोल्ने योजना रहेको बिष्टको भनाई छ । १४ बर्षमा बिभिन्न देशमा एकसय वटा रेष्टुरेन्ट खोल्ने योजना रहेको बिष्टले बताए । काष्ठमाण्डपको शाखा विश्वभर खोल्नेछौं संचालक बिष्टले भने, ‘यो अभियान युएईबाट शुरुवात भएको छ ।’ करिब नेपाली ३० करोड रुपैयाँ लगानी रहेको क्लव र रेष्टुरेन्टमा ९५ प्रतिशत नेपाली कामदार रहेका छन् । सबैं कामदार कर्मचारीहरूलाई तालिमको व्यवस्था गरिएको बिष्टले बताए ।

करिब ९ सयजना भन्दा बढी क्षमता भएको क्लव एसके सेभेनमा आधुनिक प्रविधि जडान गरिएको बिष्टको भनाई छ । ‘यो बिगेष्ट क्लव हो’ उनले भने, ‘क्लवमा साउण्ड सिष्टम, लाईटिङलगायतका आधुनिक प्रविधि जडान गरि उत्कृष्ट व्यवस्थापन गरिएको छ ।’ क्वालिटीमा सम्झौंता नगर्ने बिष्टले बताए । क्लव भन्ने बित्तिकैं महङ्गो हुन्छ भन्ने आम मानिसको सोच छ । तर क्लव एसके सेभेनमा मध्यम बजेटमा पुर्ण मनोरञ्जन लिन सकिने जिएम गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय