काठमाडौं,मङ्सिर १६।द बर्गर हाउस एन्ड क्रन्ची फ्राईड चिकेनले भक्तपुरमा पाँचौ मेलुङ थकाली किचेनको शाखा बिस्तार गरेको छ ।आफ्नो ग्राहकलाई थप सेवाको लागि ‘मेलुङ थकाली किचेन’ सनिवार देखि भक्तपुरको गठ्ठाघरमा पाँचौ शाखा संचालनमा ल्याएको छ ।

 

मेलुङ थकाली

मेलुङ थकाली किचेनले आफ्नो ग्राहकलाई स्वादिष्ट, स्वास्थ्यबर्धक र अर्गानिक परिकार खुवाउने मुख्य उद्देश्यले संचालन गर्दै आएको र स्थानीय स्तरमा उत्पादनलाई विशेष प्राथमिकता सहित ग्राहकको माग अनुसार सेवा दिने द बर्गर हाउस एन्ड क्रन्ची फ्राईड चिकेनको सस्थापक बसन्त लामाले बताए। विशेष गरि खाजाको विभिन्न परिकारहरुको सेवा संचालन गर्दै आएको द बर्गर हाउस एण्ड क्रन्ची फ्राईड चिकेनले आफ्नो ग्राहकको माग अनुसार थकाली खानाको परिकार संचालन गरेको र हाल सम्मा राजधानीका बौद्ध, अत्तरखेल,बानेश्वरको संखमुल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचालनमा आइसकेको र ग्राहकले अत्यधिक मन परेकाले हाम्रो ग्राहकलाई मध्यनजर गरि हामीले पाचौं शाखा भक्तपुर बिस्तार गरेको सस्थापक बसन्त लामाले सुनौलो समाजलाइ जानकारी गराउनु भयो ।

थकाली खाना सेट

२०७२ साल चैत ३० गतेबाट सुरु गरेको द बर्गर हाउस एन्ड क्रन्ची फ्राईड चिकेनले छोटो समयमा नै लोकप्रिय सहित देशभर १ सय ५० वटा शाखा रहेका छन् भने ३ हजारभन्दा बढीले राेजगारी दिइरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय