२०८० माघ २ गते | मंगलवार १६ जनवरी २०२४। पाैष शुक्लपक्ष पञ्चमी ७ः२३ बजेपछि षष्ठी। पूर्वभाद्रपदा नक्षत्र, ११ः२१ बजेपछि उत्तरभाद्रपदा। चन्द्रराशि मीन।

मेष : दिन राम्रो छ। मित्रसँग भेट हुनेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। पारिवारिक सम्बन्धमा शंका रहने छ। आज वैदेशिक यात्रा नगर्नु राम्रो हुन्छ।

वृष : समय राम्रो छ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो फाइदा हुन्छ। हरेक क्षेत्र सबल छन्। परिवारबाट राम्रो साथ र सहयोग रहने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : दिन राम्रो छ। ठुला मान्छेको साथ र सहयोग रहनेछ। अचानक नयाँ कुरा सुनेर मन प्रशन्न हुनेछ। परिवारमा भने अविश्वासको खतरा देखिन्छ।

कर्कट : दैनिकी सामान्य छ। राम्रो काम गरे पनि नराम्रोको खोजी हुनेछ। इष्टमित्रसँग सहकार्य गर्दा सचेत हुनुपर्छ। परिवारको साथ रहने छ। प्रेम सम्बन्ध सफल हुनेछ।

सिंह : दिन राम्रो छ। सबै क्षेत्र सबल छन्। श्रम र लगानीको क्षेत्रमा फाइदा हुनेछ। परिवारमा झगडा हुनसक्छ। बहस गर्नुभन्दा आफ्नो तर्क प्रष्टसँग राख्नु राम्रो हुन्छ। प्रेममा खटपटी हुनेछ।

कन्या : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। साथीले गल्ती खोजिरहेकाले साथीसँग सचेत हुनुपर्ने देखिन्छ। परिवारबाट साथ र सहयोग मिल्नेछ।

तुला : दिन राम्रो छ। हरेक क्षेत्र सबल छन्। व्यापार लेनदेन र स्वास्थ्य क्षेत्र राम्रो छ। सामाजिक क्षेत्रमा सम्मान हुनेछ। आर्थिक क्षेत्रमा फाइदा हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहेन छ।

वृश्चिक : समय सामान्य छ। अरु भन्दा पहिला बोलेर अगाडि बढ्ने योग छ। स्वास्थ्य र शिक्षामा सोचेजस्तो नतिजा प्राप्त नहुन सक्छ।
खानपानमा ख्याल गर्नुपर्ने देखिन्छ। परिवारमा खटपट हुने देखिन्छ।

धनु : दिन सामान्य छ। स्वास्थ्यमा समस्या हुनसक्छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीबाट लाभ हुनेछ। परिवारको साथ मिल्नेछ।

मकर : समय सामान्य छ। सञ्चित धन खर्च हुने देखिन्छ। खर्च गर्दा पनि कसैलाई चित्त बुझाउन सकिँदैन। आफ्नो योजना अरुलाई नसुनाउनु राम्रो हुन्छ।

कुम्भ : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। आफ्नो योजना अरुलाई नसुनाउनु नै फाइदा हुनेछ।

मीन : दिन राम्रो छ। धन कमाउने समय हो। व्यापारमा फाइदा हुनेछ। मन खुशी हुनेछ। परिवारमा मनमुटाव हुनसक्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय