हेटौँडा- बागमती प्रदेशमा राष्ट्रिय सभा सदस्य पदका लागि भएको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

बागमती प्रदेशबाट ४ सदस्यका लागि भएको निर्वाचनमा ३ सय ४२ मत खसेको बागमती प्रदेश निर्वाचन अधिकृत श्रीप्रसाद सन्जेलले बताउनु भयो ।

प्रदेश सभाका १ सय ८ सदस्य र स्थानीय तहका २ सय ३४ प्रमुख र उप प्रमुखहरू जनाले मतदान गरेका छन् ।

बागमतीमा कुल ३ सय ४७ मतदाता रहेकोमा ५ जना अनुस्पथित रहेको निर्वाचन अधिकृत सन्जेलले बताउनु भयो ।

केहीबेरमा सर्वदलीय बैठक बसेर मतगणना गरिने सुरु गरिने उहाले बताउनुभयो ।

बागमती प्रदेशबाट ६ राजनीतिक दलका १५ जना उम्मेदवार रहेका छन् ।

सबैभन्दा बढी मतभार ल्याउने ४ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचत हुने व्यवस्था छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय