ललितपुर माघ  ।२८६० डुक (मुपुख्री) सोनाम ल्होछारको अबसरमा तामाङ पत्रकार संघ ललितपुर जिल्ला साखाद्वारा प्रकाशित “कोम्हेन्दो बुलेटिन”पत्रीका बिमोचन तथा ल्होछार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिको उपप्रमुख रामलाल थिङले तामाङ समुदायको कार्यक्रममा दोस्रोपटक परेको र आफू तामाङ भएर पनि आफ्नो सस्कृती,पहिचान विषयमा अध्यन र अनुसन्धान गर्ने मौका नपाएको बताए ।थिङ्ले हामी तामाङ प्रतिभा र क्षमता भएर पनि अगाडि बड्न सकेको छैन अरुले प्रयोग गर्न खोजिए भने हामी सजक हुने दिन आएको बताए।उहाँले ल्होछारको शुभकामना सहित पहिलो प्रयास राम्रो र तामाङलाइ समेट्ने खालको कोम्हेन्दो रहेकोले आगामी दिनमा निरन्तर दिन अग्राह गर्नु हुँदै उहाँको सहगोग सधै रहने बताए ।

बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चानले तामाङ समुदायलाई नयाँ र फरक ढंगबाट अगाडि बढाउने उदेश्यले यसपाली हामिले पालिकामा सोनाम ल्होछारको अवसरमा फुटबल प्रतियोगिताको आयोजान गरेको बताए। कोम्हेन्दो बुलिटिन पत्रिका निरन्तर प्रकाशन गरि गाउँ गाउँ तामाङ्को अवाज ल्याउने गरि लाग्नु होला पालिकाले सधै सहयोग रहने बताए ।

कोन्ज्योसोम गाउँपालिका अध्यक्ष किष्णमान लामाले ल्होछारको शुभकामना सहित तामाङ समुदायमा ल्होछारमा पनि बिकृती आउन थालेको छ केही सुधार गर्नु पर्ने बताए।हामी तामाङ समुदायलाई बिभिन्न राजनीतिक दलका कारण पछाडि पर्ने गरेको र सक्षम र क्षमता हुँदा हुदै पनि पुग्नु पर्ने ठाउँमा नपुगेको बताए ।कोम्हेन्दो पत्रीकाले ललितपुरको तामाङ समुदायको मुद्दा , आवजलाई खोजी खोजी अगाडि बढाउनुहोला जनप्रतिनिधि सधै सहयोगमा हुने बताए ।

कोम्हेन्दो पत्रिका ललितपुर तामाङ समुदायको मात्र नभई समग्र तामाङ समुदायको हो । ललितपुर पुरै दुर्गम क्षेत्र हो जस्ले शाखा सोचे जति सक्रिय नभएको ललितपुर तामाङ पत्रकार संघको अध्यक्ष प्रकाश थिङले बताए ।अबका दिनमा यसरी नै सबैको साथ र सहयोग निरन्तर रहे तामाङ समुदायको विकासमा सहयोग हुनेछ भने आशा लिएको बताए । आगामी दिनहरुमा सधै यसरी नै सहयोग गर्नु हुन्छ भन्ने आशा गरेको र अहिले सहयोग गर्नु हुने बिज्ञापन दाता, स्थानीय तह लगाएत सम्पुर्णलाई तामाङ पत्रकार संघ ललितपुर साखा अध्यक्ष प्रकाश थिङले धन्यवाद दिनु भएको छ।

पत्रकार संघ केन्द्रय अध्यक्ष सुभाष योन्जन, पत्रकार संघ केन्द्रय उपध्यक्ष  नेत्र तामाङ, तामाङ पत्रकार संघ जिल्ला शाखा ललितपुरको सल्लाहकार प्रतिक न्यासुर,बागमती गाउँ पालिका वडा नम्बर ४ प्युटारको वडा तथा सामाजिक विकास शाखा संयोजक रामकुमार लामा थिङ, हिमाल रेडियो सन्चालक बुदि बिश्वकर्मा, बिर बल तामाङ नेपाल टेलिभिजनाको तामाङ भाषा समचार वचक, रेडियो प्रस्तोत नव राज सजेल,संगिता थिङ, सजन कुमार मोक्तान यसैगरी कोम्हेन्दो पत्रिकाको कभर डजाईनर सानू बाबू थिङ लगाएतको उपस्तिथि रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय