दोलखा ।शैलुङ गाउँपालिका-८ भैसेमा रहेको शारदा माविको ६३ औँ बार्षिकोत्सवको बागमती प्रदेश सामाजिक बिकास मन्त्री कुमारी मोक्तानले आज उद्घाटन गर्ने भएको छ।
शैलुङ गाउँपालिकाको नमुना बिद्यालय बनाउने उदेश्य सहित विद्यार्थी र अभिभावकलाई आर्कषण हुने गरि बार्षिकोत्सव विभिन्न कार्यक्रमहरु गरी भव्यतासाथ मनाउन लागिएको विद्यालयका प्रधानाध्यापक मानबहादुर तामाङले जानकारी दिए।उहाँले बार्षिकोत्सव ऐतिहासिक रहने भएकोले बार्षिकोत्सवको अवसरमा सांस्कृतिक कार्यक्रमका साथै खेलकुद प्रतियोगिताहरु‌ आयोजना हुने बताए।
प्रधानाध्यापक तामाङ्ले विद्यालयमा प्राविधिक शिक्षा, शैक्षिक सामग्रीको पर्याप्त सुविधा, पर्याप्त विद्यार्थी संख्या, छात्रबास ,छात्रछात्रा तथा अपाङ्गता मैत्री शौचालय, खानेपानी धारा, चमेना गृह, पुस्तकालय, विज्ञान तथा अन्य प्रयोग प्रयोगशाला लगायतका शैक्षिक पूर्वाधारहरु सम्पन्न भैसकेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय