काठमाडौं  । कृषि विकास बैंकले एक सय १२ जना नयाँ कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

शुक्रवार सूचना निकालेर बैंकले शाखा अधिकृत, लेखापाल, प्राविधिकसहित १ सय १२ जना  कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।

बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृत, १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापालको पदपूर्तिको लागि दरखास्त आह्वान गरिएको जनाएको छ।

खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वार पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको बैंकको सूचनामा उल्लेख छ।

ती पदका लागि योग्यता पुगेका नेपाली नागरिकले आजदेखि आगामी चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सकिने सूचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय