काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गत भएको खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । बिहीबार राति भएको खेलमा नेपाल बहराइनसँग ५-० गोलले पराजित भएको हो ।

घरेलु मैदानमा भएको खेलमा बहराइनलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद महदी बाकेर, अली मदन, इब्राहिम अल-खातेल र इस्माइल अब्दुल लातिफले समान एक-एक गोल गरे । नेपालले पहिलो हाफमा तीन र दोस्रो हाफमा दुई गोल बेहोरेको हो ।

खेलको दोस्रो मिनेटमै हुमाइदानले गोल गर्दै बहराइनलाई शुरुवाती अग्रता दिलाएका थिए । नवौं मिनेटमा बाकेरले गोल गर्दै बहराइनको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा अलीले गोल गर्दा घरेलु टोली सहज जिततर्फ अगाडि बढेको थियो ।

८७ औं मिनेटमा इब्राहिमले गोल गर्दै बहराइनलाई ४-० गोलको अग्रता दिलाए । यस्तै दोस्रो हाफको इन्जुरी समयको छैटौं मिनेटमा अब्दुल- लाटिफले गोल गर्दै बहराइनलाई ५-० गोलको फराकिलो जित दिलाएका हुन् ।

जितसँगै बहराइन तीन खेलबाट ६ अंक जोड्दै समूह ‘एच’को दोस्रो स्थानमा रहेको छ । समान खेलबाट अंकविहीन नेपाल पुछारमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय