सैलुङ,भदौ ५ -शैलुङ गाउँपालिकास्थित देउराली बाघखोर बजारमा स्थानीय कला र संस्कृतिको प्रवद्धन गर्दै ‘हिले जात्रा’महोत्सव हुने भएको छ। परम्परागत रूपमा मनाउदै आएको जात्रा महोत्सव यहीँ भदौ ८ र ९ गते आयोजना हुना लागेको हो ।

दुइ दिन चल्ने जात्रामा स्थानीय जातजातिको कला–संस्कृति र झाँकीहरू प्रदर्शन तथा तामाङ समुदायले जात्राको दौरान डम्फुको तालमा सेलो भाकाहरु र राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले सुनौलो समाज मिडियालाई जानकारी दिनुभएको छ ।हिले जात्रा महोत्सवले स्थानीय पर्यटक तथा धार्मिक स्थल शैलुङको समेत प्रबर्द्धन हुने दाबी स्थानीय सरकारले गरेको छ।

सैलुङ गाउँपालिका र वडा न.३ तथा सैलुङ देउराली समाज र बाघखोर बजार ब्यबस्थापन समितिको संयुक्त आयोजनामा हुना लागेको हिले जात्रा महोत्सवको करिब २ हजार जनाले अबलोकन गर्ने अपेक्षा आयोजकले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय