धनकुटा ।

सहिदभूमि गाउँपालिका धनकुटाले अविरल वर्षका कारण अवरुद्ध सडक मर्मत तथा सरसफाइ सुरु गरेको छ ।

आउदै गरेको दशै तिहार र छठ वाढाङमीलाई मध्येनजर गर्दै  पालिकाले पालिका जाेड्ने मुल सडक तथा ग्रामीण कृषि सडक मर्मत तथा सरसफाइ सुरु गरेको हाे ।  गाउँपालिकाले असाेज ११ र १२ गते परेको अविरल वर्षका कारण प्रभावित सडक र वर्ष याममा सडकमा खसेको पहिराे ,ढुंगा माटाे पन्छाउन सुरु गरेको गाउँपालिकाकाे प्रमुख प्रशासकीय अधिकृत नवीन कार्कीले जानकारी दिनु भयो ।

 

साथै उहाले माैसमले साथदिए ३,४ दिन भित्र पालिका भित्रकाे ७ ओटा वडाको  प्रभावित सम्पूर्ण सडक सरसफाइ तथा मर्मत गरिसकिने बताउनुभयो । चाडवाडकाे समयमा पालिकाबासीले आफ्नो घरसम्म सहजरूपमा  खाद्यान्न ढुवानी गर्न सकुन्  घर सम्म सहज यातायातका साधन मार्फत आवात-जावतकाे व्यवस्थाका लागि सडक सरसफाइ कार्यभईरहेकाे पालिका अध्यक्ष मनाेज राईले बताउनुभयो ।  सडक सरसफाइ कार्यमा गाउँपालिका अध्यक्ष , प्रमुख प्रसाकिय अधिकृत , वडाअध्यक्ष , प्राविधिक कर्मचारीकाे टाेलिले स्थलगत अनुगमन गरी सरसफाइ तथा मर्मत गरिरहेकाछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय