
धनकुटा ।
थुप्तेन देक्षेन छ्याेलिङ गुम्बा हिलेले बडादशैंको अवसरमा आयाेजना गरेको ञुङ्ने व्रत सम्पन्न भएको छ।
फूलपाति देखि सुरु भएको तिनदिने ञुङ्ने अर्थात ( निराहार माैन ) व्रत बिजया दशमीकाे दिन शनिबार सम्पन्न भएको हाे । उक्त निराहार माैन व्रत लामागुरुहरु सहित ३२ जना बसेका थिए ।
तिनिदने निरहार माैन व्रत खेन्पाे छ्याेइफेल साङ्पाेकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको गुम्बाका प्रमुख लामा गुरु फुर्वा छिरिङले जानकारी दिनुभयो । आगामी वर्षहरूमा पनि निरन्तर ञुङ्ने व्रत कार्यक्रम सञ्चालन हुने गुम्बाका प्रमुख लामा गुरु फुर्वा छिरङ्ले बताउनुभयो । जीवनमा जानी वा नजानी गरिएका कुकर्म र पापबाट मुक्त हुने विश्वासका साथ बाैद्व धर्मावलम्बी न्युङ्ने व्रत बस्ने चलन रहेको छ ।न्युङ्ने व्रत मनलाई शान्त र धैर्य हुन सिकाउने किसिमको ध्यान अर्थात उपसना हाे । बाैद्व धर्मावलम्बीहरु विभिन्न समयमा न्युङ्ने व्रत बस्छन् ।