![](https://sunaulosamaj.com/wp-content/uploads/2024/11/IMG_0145-scaled.jpeg)
ललितपुर ।तामाङ पत्रकार संघ ललितपुरको चौथो अधिबेसन सम्पन्न भएको छ । सनिबार देउराली फाउन्डेसन ललितपुर पुल्चोकमा चौथो अधिबेशन सम्पन्न भएको हो । अधिबेशनबाट प्रकाश थिङ को अध्यक्षतामा ७ सदस्सीय कार्यसमितिनिर्बिरोध निर्वाचित भएका छन ।
अध्यक्ष थिङ सँगै क्रमश उपाध्यक्षमा कबिराज काल्तान तामाङ, सचिबमा स्मिथु घिसिङ, सहसचिबमा कमल योन्जन , कोषाध्यक्षमा बुद्दि राम तामाङ, सदस्यहरुमा सन्जिब सिं तामाङ , राज कुमार थिङ निर्वाचित हुनु भएको छ ।
ललितपुर जिल्ला समन्बय समिति को उपाध्यक्ष रामलाल थिङ को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रतीक न्यासुर ,साइला लामा,जीवी लामा, प्रेस चौतारी ललितपुरका अध्यक्ष बीएम आचार्य लगायतकाव्यक्तित्वहरूको उपस्थिति रहेको थियो।