काठमाडौ । भारतको बोधगयामा बौद्द धर्मावलम्बीहरुको काग्यु मोन्लम छेन्मो ( महापुजा ) धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछेबाट सुरु भएको छ । मंसिर ३० गतेदेखि पुस ६ गते सम्म ७ दिन सञ्चालन हुनेछ ।
महापुजामा लामा ,भिक्षु, उपासाक उपासिकी गरि नेपालबाट ५ हजार भन्दा बढीको सहभागीता रहेको जनाएको छ ।
काग्यु माेन्लम छेन्माेमा नेपाल , भारत , भुटान, जापान,चिन, कम्बोडिया,थाईल्याण्ड ,युरोप , लगायत विश्वका विभिन्न राष्ट्रबाट बाैद्व धर्मलम्बी भक्तजनको सहभागी रहेको छ ।
काग्यु मोन्लाम छेन्मो बौद्द धर्मवलाम्बीले प्रणीधान अर्थात विशेष गरेर विश्व शान्तिको लागि गरिन्ने महापुजा हाे । सबैमा सकारात्मक साेचबिचार , हत्या हिंसात्मक गतिविधिबाट मुक्त ,र सुख शान्ति उत्तरतर प्रगतिको कामना गर्दै धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछेबाट विश्व शान्तिकाे पुजा गर्दै भक्तजनलाई वाङ अभिषेक प्रदान गिरनेछ । भारतकाे बाेधगया भगवान गाैत्तम बुद्वले ज्ञान हासिल गरेको बुद्वतृव प्राप्त गरेको ठाउँ भएकाले बाैद्व धर्मलम्बिले ठुलो तिर्थस्थलकाे रुपमा मान्य गरेको छ ।












