काठमाडौ । तामाङ समुदायको राष्ट्रिय महान पर्व सोनाम ल्होछारको अवसरमा नयाँ ल्होछार विशेष गीत “हाम्रो ल्होछार” भिडियो सहित सार्वजनिक भएको छ।
हाम्रो ल्होछार गीतको शब्द रचना जीवन बोम्जनको रहेको छ भने संगीत वरिष्ठ संगीतकार चन्द्र कुमार दोङ्ले भरेका हुन ।गीतमा सन्जिब वाईबा ,जीवन भोम्जन ,बुद्द लामा ,रेश्मा भोम्जन ,सुमिना लो साथमा अश्मिता रुम्बाको बिशेषभुमिका रहेको छ ।एस के शिशिर लामाको प्रस्तुतिमा रहेको सेलो भाकाको गीतलाई सङ्गीत संयोजन आगा लामाले गरेका हुन भनेसङ्गीत समिश्रण किशोर थापाले गरेका हुन।

भिडियोमा बाल कलाकार सायना तामाङ गेस्ट कलाकार सोनाम लामा आर्ट जाता शङ्कर कलाकारहरु रोहनी लामा यङ्गी दोङ ,रिया लामा ,अमिर दोङ ,कुईसाङ रुम्बा ,आराम्बा तामाङ मदन थोकर लगायत कलाकारहरुले अभिनाय गरेका छन।












