ललितपुर ।ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल ले  क्रिसमसको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ्।

ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालले क्रिसमसको अबसरमा नेपाल पत्रकार महासङ्घ ललितपुर  साखाको नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेका छन।

कार्यक्रममा नेपाल क्रिश्चियन फेलोशिप (एनसीएफ)का अध्यक्ष हनोक तामाङ नेपाल क्रिश्चियन समाजकासह–अध्यक्ष डिल्ली राम पौडेल नेपाल पत्रकार महासंघ ललितपुर शाखाका  अध्यक्ष राम हरी कार्की लगायत अतिथिहरूले क्रिसमस र नयाँ वर्षको शुभकामना दिनु भएको थियो।

ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपालले क्रिसमसको अवसरमा शुभकामना आदान-प्रदान  तथा ख्रीष्टियन पत्रकारहरूबीच आपसी सम्बन्ध सुदृढ गर्नु, क्रिसमसको सन्देश प्रवाह गर्न हरेक बर्स कार्यक्रम गर्ने गर्दछ्।

प्रतिक्रिया

सम्बन्धित खवर