तिब्बत भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, एक हजारभन्दा धेरै घरमा क्षति
काठमाडौं: चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ।
चिनियाँ सञ्चारमाध्यम सीजीटीएनका अनुसार, ६.८ म्याग्निच्युडको भूकम्पले ठूलो क्षति पुर्याएको छ, जसका कारण अहिलेसम्म ५३ जनाले ज्यान गुमाइसकेका छन्।
सीजीटीएनले एक हजारभन्दा धेरै घरमा क्षति पुगेको उल्लेख गरेको छ। बीबीसीका अनुसार, ६३ जना घाइते भएका छन्।
नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, भूकम्प ७ म्याग्निच्युडको रहेको थियो। केन्द्रविन्दु तिब्बतको डिंगी आसपास रहेको र बिहान ६ बजेर ५० मिनेट (नेपाली समय)मा भूकम्प गएको जानकारी गराइएको छ।
भूकम्पको धक्का काठमाडौंसम्म महसुस गरिएको थियो।
विशु गुरुड