धनकुटा ।
श्री नवज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनकुटा हिलेकाे शुक्रबार १५ ओै वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष धिरेन्द्र थिङ तामाङले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तु गर्नुहुदै सहकारीले अर्थिक वर्ष २०८० ८१ मा पुजि निर्माण तर्फ १६ करोड २३ लाख ३४ हजार ३ सय ८६ रुपैया ६७ पैसा र आम्दानी तर्फ २४ लाख ६८ हजार ९सय ६२ रुपैया ४५ पैसा आम्दानी गरेको जानकारी दिनु भयो । साथै सहकारीको ८०/०८१ मा खर्च तर्फ २० लाख ५५ हजार ४ सय ४५ रुपैया ६५ पैसा बराबरको प्रतिवेदन प्रस्तुत गर्दै सहकारीलाई थप सुदृढ बनाउने योजना प्रस्तुत गरेका थिए।
यस्तै गरि सहकारीको लेखा समिति संयाेजक कृष्ण बहादुर घिमिरेले सहकारीको आर्थिक वर्ष २०८०/०८१ काे २ करोड ६७ लाख ६१ हजार २ सय ३७ रुपैया ४३ पैसा वरवारकाे आायव्यय प्रस्तुत गर्नु भएको थियोे । साधारणसभामा सभाका प्रमुख अतिथि धनकुटा नगरपालिकाकाे मेयर चिन्तन तामाङले सहकारीकाे सेयर सदस्य , सञ्चालक समिति , बचत कर्ता , ऋणि सम्पूर्ण सहकारीको निति नियम पालना गरि ईमानदारीता पुर्वक सञ्चालन गर्न सकेमा सहकारीको उद्देश्य पूरा हुने बताउनुभयो । धनकुटा नगरपालिका भित्र सहकारी सम्बन्धि आएका विभिन्न समस्या समाधान तथा कार्वाहीकाे प्रक्रिया अगाडि बढाएको जानकारी दिनु भयो । यस्तै सहकारी संस्थापक अध्यक्ष सिताराम श्रेष्ठ , हिले बजार व्यवस्थापन समिति अध्यक्ष लालचन गाेङवा, जिल्ला सहकारी संघका उपाध्यक्ष कमल लामिछाने , सेयर सदस्यहरुकाे तर्फबाट ऋषिराम ढुंगाना लगायतले सभामा शुभकामना दिदै सहकारीलाइ आउनेदिनमा थप प्रगति गर्दै जाने सल्लाह सुझाव दिएकाछन् ।
साेहि अवसरमा उत्कृष्ट बचत कर्ता , उत्कृष्ट काराेवार,बढी शेयर कित्ताधनी ,उत्कृष्ट कर्जा काराेवार र नियमित काराेवार गर्ने सदस्यहरु ५ जनालाई करुवा र सम्मान पत्र प्रदान गर्दै सभाका प्रमुख अतिथि ,अतिथि र सहकारीको अध्यक्षले सम्मान गरेकाछन् । सम्मानित हुने सेयर सदस्यहरुमा अर्जुन बहादुर बस्नेत ,सुन्दर आचार्य ,लाेक माया तामाङ ,चन्द्रबहादुर तामाङ र श्री प्रधान रहेकाछन् । साभाकाे सञ्चालन सचिव अच्युत घिमिरेले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष राम रायमाझीले राखेका थिए ।