
धनकुटा,
नेपाल मगर संघ जिल्ला समन्वय समिती धनकुटाले धनकुटाकाे पर्यटकीय स्थल हिलेबजारमा शुभकामना आदानप्रदान तथा बृहत सास्कृतिक कार्यक्रम आयाेजना गरि माघे पर्व मनाएको छ । हिले बजारको ताेम्बाचाेकमा सञ्चालन भएको बृहत सास्कृतिक कार्यक्रममा जिल्ला भित्रका पालिका तथा विभिन्न मगर संघका संघ संस्थाका कलाकारहरुले हुर्रा तथा माैलिक नित्य प्रस्तुत गरेका थिए । उनिहरुले मगर जातिको मौलिकता झल्किने भेषभुषा र मौलिक पहिचान झल्कने खालका गीत र झाकीसमेत हिलेबजारमा र्यालि प्रदर्शन गरेका थिए।

oplus_1026
उक्त बृहत सास्कृतिक कार्यक्रम जिल्ला मगर संघका अध्यक्ष ताेर्ण बहादुर खपाङ्गिकाे अध्यक्षता र धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङकाे प्रमुख आतिथ्यमा सञ्चालन भएको थियो । साे कार्यक्रममा मगर संघका केन्द्रीय उपाध्यक्ष गणेश पिठाकाेटे , ,मगर संघका भाषिक उपाध्यक्ष साेम राना , सहिद भूमि गाउँपालिका अध्यक्ष मनाेज राई ,महिला मगर संघ प्रदेश अध्यक्ष सम्झना आले, धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष ओङ्द तामाङ , कार्यपालिका सदस्य मनुकला लिम्बू ,हिले बजार व्यवस्थापन समिति अध्यक्ष लालचन गाेङ्वा, विभिन्न सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिकाे उपस्थिति थियोे । कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि , विशेष अतिथि , अतिथिहरुले सम्बाेधन गर्दै पहिचान र संस्कृतिलाई बचाउनको लागि कार्यक्रमले सहयोग पुर्याउने धारणा राख्दै सास्कृतिक पर्यटन विकास गर्न समेत टेवा पुग्ने बताए ।

oplus_1026
कार्यक्रमको अवसरमा पप गायक धिरज राई , पदम राई लगायत कलाकारहरुले गीतसङ्गीत र नृत्यहरु प्रस्तुत गरेका थिए । मगर समुदायले हरेक वर्ष माघे संक्रान्तिलाई नयाँ वर्ष सुरुवात सगै पितृ,प्रकृतीक र सस्कृतीको पर्वको रुपमा मनाउने प्रचलनलाई निरन्तरता दिदै मगर संघ जिल्ला समितिले हर्सोल्लासका साथ यस वर्षको माघी पर्व मनाएका हुन् ।

oplus_1026

oplus_1026