
धनकुटा ।
धनकुटा नगरपालिका वडा नं १ काे नवनिर्मित वडा कार्यलय भवन शुक्रबार उदघाटन गरिएको छ । धनकुटा नगरपालिकाकाे मेयर चिन्तन तामाङले वडा नं १ थिङ टाेलमा निर्माण गरिएको वडा कार्यलय भवनको उदघाटन गर्नु भएको हाे ।
नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै मेयर तामाङले जनताका सेवा र सुविधाका निम्ति वडा कार्यालयको आफ्नै भवन हुनुपर्ने बताउनुभयो ।
आफू निर्वाचित भएपछि नगर भित्र कृषि सड्क, बिजुली, खानेपानी आयोजना, शिक्षा, स्वास्थ्य ,पर्यटन लगाएतका क्षेत्रलाई प्राथमिकता दिई काम गरेको बताउनुभयाे । हिलेबजार थिङ टाेलमा नवनिर्मित सो भवन रु ५९ लाख लागतमा निर्माण गरिएको हो। भवन अपांग तथा जेष्ठ नागरिक मैत्रीपुर्ण निर्माण गरिएको वडा अध्यक्ष ओङद तामाङले बताउनुभयो । साथै उहाँले यश अघि हिले बजारको बिहिवारे हटियाकाे सामुदायिक भवनबाट सेवा प्रवाह भईरहेकाेमा नवनिर्मित नयाँ भवनबाट वडाको काम सुचारु भएको जानकारी दिनुभयो । वडा नं १ का विभिन्न टाेलविकास समितिकाे तर्फबाट पर्शुराम खत्री , वडाका समाजसेवी वुद्विजिहरुकाे तर्फबाट कमल थिङ,हिले बजार व्यवस्थापन समिति अध्यक्ष लालचन गाेङवा, नेकपा एमाले पार्टी धनकुटा नगर अध्यक्ष अर्जुन छारा , उघाेग बाणिज्य संघ धनकुटाका पुर्व अध्यक्ष उमेश घिमिरे लगायतले वडा कार्यलय भवन बनेकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण वडा बासीले सहजरूपमा सेवा सुबिधा पाउने विस्वास व्यक्त गर्नुभयाे । कार्यक्रमकाे सञ्चालन वडा सचिव लाेक बहादुर आलेले गर्नुभएको थियोे भने स्वागत मन्तव्य वडा सदस्य सुवास राणाले राख्नुभएको थियोे ।