ललितपुर ।नेकपा (माओवादी केन्द्र)आबद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको सचिव पदमा लोप्साङ लामाले उम्मेरदारी दिएको छ । अखिल (क्रान्तीकारी) को स्थगित २३ औँ राष्ट्रिय सम्मेलनको निर्वाचन माघ १२ गते सबै प्रदेशमा एकैसाथ हुँदैछ।

विभिन्न समुहहरुले आफ्नै प्यानल तयार गरेर उम्मेदवारी दर्ता गराएका छन् । जस मध्ये १ जना सहिद सन्तति सचिवको कोटामा ६ जनाको उम्मेरदारी परेको छ। उक्त सहिद सन्तति सचिव पदको उम्मेदार लोप्साङ लामा अखिल(क्रान्तीकारी) निवर्तमान केन्द्रिय सदस्य तथा सहिद परिवार हुन ।

यसैगरी अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । अनलाइन उम्मेदवारी दर्ता आह्वान गरिएकोमा अध्यक्षमा हेमन्तराई, विजयप्रकाश शर्मा सापकोटा, उपदेशकुमार यादव, सुदीन पौडेल, विश्वमणि थापा र योगन्द्रबहादुर बुढालेउम्मेदवारी दिएका छन् ।

यस्तै, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्षसहित केन्द्रीय कमिटी र केन्द्रीय आयोगका सबै पदमाउम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार उम्मेदवारीउपर दाबीविरोधको छानबिन पछि आज अन्तिम नामावली प्रकाशन हुनेछ्।

क्रान्तिकारीको विधानअनुसार २४३ सदस्यीय केन्द्रीय कमिटीमा ३३ जना पदाधिकारी, ४८ सचिवलाय सदस्य र १६२जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर