शैलुङ ।शैलुङ गाउँपालिकामा पालिका दोस्रो अधिवेशन सम्पन्न  आज भएको छ । अधिवेशनले निलाकुमार श्रेष्ठकोअध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका कमिटी निर्बाचित  भएको छ । अधिवेशनको नेकपा माओवादी केन्द्रको केन्द्रीयसदस्य एवम् जिल्ला ईञ्चार्ज विशाल खड्काले उद्धघाटन  गरेको छ ।

माओवादी केन्द्र शैलुङ गाउँपालिकाका निवर्तमान अध्यक्ष जितकुमार मोक्तानको अध्यक्षतामा सम्पन्न अधिवेशनमामाओवादी केन्द्रका नेता शंकर लामा, जिल्ला संयोजक कमल श्रेष्ठ, गाउँपालिका अध्यक्ष रिमालबाबु श्रेष्ठ लगाएतकोउपस्थिती रहेको थियो । अधिवेशनको अवसरमा पालिकाको वडा नम्वर १ र ३ बाट करिव एक दर्जन नेता कार्यकर्तामाओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

शैलुङ गाउँपालिकाको अधिवेशन सम्पन्न भएसँगै माओवादी केन्द्रले ५ वटा पालिकामा अधिवेशन सम्पन्न गरेको छ ।हालसम्म शैलुङ, तामाकोशी, विगु, गौरीशंकर र वैतेश्वर गाउँपालिकाको अधिवेशन सम्पन्न भएको हो । अब दुईगाउँपालिका र दुई नगरपालिकामा अधिवेशन हुन बाँकी छ । मेलुङ र कालिञ्चोक गाउँपालिकाको माघ मसान्तभित्रैअधिवेशन सकिने नेकपा माओवादी केन्द्र दोलखाले जनाएको छ ।

यस्तै, जिरी नगरपालिकामा आगामी फागुन १ गते गर्ने तयारी छ । भीमेश्वर नगरपालिकाको भने मिति तय तय गर्नबाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर