धनकुटा ।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटाले प्रदान गर्ने ‘फोनिज क्रियाशील पत्रकारितापुरस्कार–२०८१’ बाट पत्रकार टिएल राई पुरस्कृत भएका छन्।
नेपाल पत्रकार महासंघ धनकुटाको सभाहलमा बिहीबार आयोजित फोनिज धनकुटाका नवनिर्वाचित कार्यसमितिकोपदस्थापन कार्यक्रममा सार्वजनिक सेवा प्रशारण, रेडियो नेपाल, प्रादेशिक प्रशारण केन्द्र, धनकुटामा कार्यरत पत्रकारराईलाई पुरस्कृत गरिएको हो। पुरस्कार राशी सम्मानपत्र सहित पाँच हजार पाँच सय रुपैंयाँ रहेको छ।

पुरस्कृत राई दुई दशकभन्दा लामो समयदेखि रेडियो नेपाल, प्रादेशिक प्रशारण केन्द्र, धनकुटामा राई बान्तावा भाषाकोसमाचार तथा कार्यक्रम उत्पादनसँगै नेपाली भाषाको समाचार वाचकको रुपमा कार्यरत छन्। उनले पुरस्कार बापतकोरकम ‘फोनिज क्रियाशील पत्रकारिता पुरस्कार’ कोषलाई नै प्रदान गरे।
कोष बृद्धिमा सहयोग पुगोस भन्ने उदेश्यले आफूले पाएको पुरस्कार रकम प्रदान गरेको पत्रकार राईले बताए। हालःकोषमा एक लाख रुपैंयाँ रहेको छ। आगामी तीन वर्षभित्र कोषलाई पाँच लाख रुपैंयाँ पुर्याउने लक्ष्य रहेको फोनिजधनकुटाकी अध्यक्ष मानवी मोक्तानले बताइन्। ‘यसका लागि हामी जिल्लाका सबै अग्रज फोनिजकर्मी र अन्यसुभेच्छुकहरुसँग समन्वय र सहकार्य गर्नेछौं’ मोक्तानले भनिन्।
कार्यक्रममा केही समयअघि निर्वाचित भएका फोनिज धनकुटाका नवनिर्वाचित अध्यक्ष, अन्य पदाधिकारी रसदस्यहरुलाई निर्वाचत मण्डलका संयोजक विजयसन्तोषी राईले निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै पदस्थापनगरेका थिए। कार्यक्रममा प्रमुख अतिथि, फोनिज संघीय कार्यसमिति सदस्य बिदुर खवास, फोनिजका पूर्व संघीयसल्लाहकार सञ्जयसन्तोषी राई, निर्वाचन समिति संयोजक विजयसन्तोषी राई, सदस्य राजेश्वरबहादुर श्रेष्ठ, फोनिजका निवर्तमान प्रदेश अध्यक्ष सन्तवीर लामा, निवर्तमान प्रदेश सचिव सन्देश सुब्बा लगायतले नवनिर्वाचितकार्यसमितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए।
यस्तै गरि कार्यक्रममा गत मंसिरमा सम्पन्न पत्रकार महासंघको निर्वाचनमा निर्वाचित नेपाल पत्रकार महासंघ धनकुटाशाखा अध्यक्ष तथा फोनिज संघीय सदस्य विदुर खवासलाई बधाई पत्र–प्रदान गर्दै फोनिज जिल्ला शाखा धनकुटालेबधाई ज्ञापन गरिएको थियो । फोनिज जिल्ला शाखा धनकुटाको पाचौं अधिवेशनका निर्वाचन मञ्डल संयोजकबिजय सन्तोषी राई , निर्वाचन मञ्डल सदस्यहरु राजेश्वर बहादुर श्रेष्ठ र तिल विक्रम चेम्जोङलाई पनि धन्यवाद पत्रप्रदान गरेर सम्मान गरेको थियो । महासंघका संस्थापक अध्यक्ष सन्जय सन कार्यक्रममा प्रेस युनियन अध्यक्ष बिनोद घिमिरे , प्रेस चौतारी अध्यक्ष नारायण आठपहरिया , अकोराव सामुदायिक रेडियो प्रसारक संघका केन्द्रीय उपाध्यक्षगोपाल बराईलि लगायतको उपस्थिति थियो।
फोनिज धनकुटाको आयोजना तथा तामाङ पत्रकार संघ धनकुटाको सहआयोजनामा भएको कार्यक्रम फोनिजधनकुटाकी अध्यक्ष मानवी मोक्तानको अध्यक्षतामा सम्पन्न भएको सचिव डेविट मगरले जानकारी दिए।












