धनकुटा ।

स्वास्थ जिवनका लागि सफा भान्सा भन्ने नारा सहित लैङ्गकि शसत्तिकरण तालिम नामसालिङ सामुदायिक विकास केन्द्र इलामको आयोजनामा मंगलबार  हिलेमा सम्पन्न भएको छ । तालिममा वडा भित्रका विभिन्न टाेलबाट महिला तथा पुरुषको सहभागी थियोे । कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्रका सामाजिक परिचालक गिता प्रसाद गुरागाइ र केन्द्रका सहजकर्ता कल्पना थापाले विद्युतिकरण तथा विद्युतिय चुल्हो राष्ट्रीय अभियान, विद्युतिय चुलाेकाे अवधारणा , विद्युतिय सम्बन्धि  प्रयाेग , फाईदा , विद्युतिय चाेलाे किन प्रयोग गर्न आवाश्यक छ , याे कार्यक्रम किन सञ्चालन भइरहेको छ भन्ने विषयमा सहजिकरण गर्नु भएको थियोे । विद्युतिय चुलाे प्रयोग गर्न दिने अनुदान तथा चुलोमा प्रयाेग हुने भाडकाे विषयमा सहभागीलाई जानकारी गराएको थियोे । कार्यक्रममा ईन्डक्सन , इन्फ्रारेड , विद्युतिय राइस्  कुकरकाे विशेषता र प्राविधिक कुराहरुकाे विषयमा पनि सहजिकरण गरेका थिए । कार्यक्रम धनकुटानगर पालिकाकाे उपमेयर भिमा खनालकाे अध्यक्षता तथा धनकुटा नगरपालिका वडा नं १ का वडा अध्यक्ष ओङद तामाङकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय