धनकुटा ।

धनकुटा नगरपालिका वडा नं १ हिले बजारमा स्थित रहेको स्थापन्ना उद्योमीहरुका लागि स्तरउन्नति गर्ने उद्वेश्यले व्युटिसियन सम्बन्धि डिप्लोमा काेर्स तालिम सुरु भएको छ । घरेलुु तथा साना उद्योग कार्यलय धनकुटाकाे आयाेजना तथा फेसलुक व्यटिपार्लर हिलेकाे समन्वयमा एक महिने डिप्लोमा काेर्स तालिम सुरुभएकाे हाे ।

तालिममा हिलेबजारमा रहेको व्युटि पार्लर सञ्चालक तथा पार्लर सम्बन्धि वेशिक काेर्स गरेकाहरुकाे सहभागीता  रहेको छ । तालिमको उद्घाटन गर्दै वडा अध्यक्ष ओेङद तामाङले वडामा रहेका महिलालाई सीप सिकाएर व्यवहारमा उतार्न तालिमले सहयोग पुर्याउने बताउनु भयो । साथै उहाले तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न पनि  आग्रह गर्नुभयो ।

त्यस्तै गरि कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यलय धनकुटाका कर्मचारी विकास कार्कीले पार्लर सम्बन्धि व्यवसाय सञ्चालन गर्न चाहने तथा सञ्चालन गरिरहेका उद्योमिहरुलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्न दक्षबनाउनुकाे साथै हाैसला मिल्ने बताउनुभयाे । कार्यक्रममा धनकुटा नगरपालिकाकाे उपमेयर भिमा खनाल ,कार्यपालिका सदस्य मनुकला लिम्बू , अन्नतरपार्टि महिला सञ्जालका अध्यक्ष अम्बिका धमला  नगरका कर्मचारीहरुकाे उपस्थिति थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय