धनकुटा ।

धनकुटा नगरपालिकाकाे आयोजनामा मंगलबार  धनकुटाकाे हिलेमा महिलाहरुलाई कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । धनकुटा नगरपालिकाकाे उपमेयर भिमा खनालकाे अध्यक्षता भएको सचेतना कार्यक्रममा धनकुटा नगरपालिका वडा नं १ का विभिन्न टाेलका महिला तथा पुरुषको सहभागी थियोे ।

कार्यक्रमकाे प्रमुख अतिथि वडा नं १ का वडा अध्यक्ष ओङद तामाङले कार्यक्रममा बाेल्नु हुदै कानूनी सचेतना कार्यक्रमले कानुनका विषयमा सचेत गराउने बताउनुभयो । कार्यक्रमबाट विभिन्न हिंसाका घटनाहरु न्यूनीकरण गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रममा कार्यक्रमका मुख्य सहजकर्ता बरिष्ठ अधिवक्ता हिमा बस्नेतले नेपालमा लैङ्गिक हिंसा सम्बन्धी नीतिगत र कानुनी व्यवस्था, हद म्याद , क्षेत्र धिकार लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय