धनकुटा

सहिदभूमि गाउँपालिका धनकुटामा  कृषि विकास शाखाको आयोजनामा माटो परीक्षण सम्बन्धी प्रत्येक वडामा १ दिने स्थलगत घुम्ती तालिम सञ्चालन भइरहेको छ । बिहिवार वडा नं १ देखि सुरु भएको स्थलगत माटो परिक्षण तालिम अन्तरगत आज  वडा नं २ मा  स्थलगत माटो परिक्षण तालिम सम्पन्न भएको छ ।
तालिममा माटो जाच गर्न किन आवाश्यक छ , माटोको नमुना लिने तरिका , कसरी ,किन र कहिले भन्ने बारेमा किसानलाई शैदान्तिक र व्यवहारीक प्रशिक्षण दिने कार्य भईरहेकाे कृषि विकास शाखा प्रमुख दिनेन्द्र राईले जानकारी दिनुभयो  । पालिकाकाे सबै वडामा तालिम सकेपछि किसानले माटो परिक्षणका लागि ल्याएको नमुना माटो क्षेत्रीय माटो परिक्षण प्रयाेग शाला झुम्कामा सिफारिस गरिन्ने कृषि शाखाले जानाएकाे छ । माटो प्रयाेगशाला झुम्का बाट माटो परिक्षण नमूना जाँच गरी आएको  त्यसको नतिजाका अधारमा किसानलाई माटो सुधारका लागि सल्लाह सुझाव सहित कृषि चुन प्रादान गरिनेछ । खेतीयोग्य जमिनमा आधुनिक जमाना अनुसार माैसमी बेमौसमी खेति गर्ने कार्य बढे संगै पछिल्ला समय रसायनिक मल तथा विषादीको प्रयोगले माटोको गुणस्तर घट्दै गइरहेको र माटोमा अम्लियपन बढ्दै गएको पाइएकोले माटोको गुणस्तर परिक्षण गरी माटोको अम्लिय भएको वा क्षारीय भएको जस्ता समस्या थाहा भएपछि माटोकाे गुणस्तर  बढाउने उपाय गर्न उनिहरुलाई सुझाव दिदै उत्पादनमा आउने ह्रास सुधारका लागि पहल गर्ने कृषि विकास शाखा राईले बताएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय