ललितपुर । सानेपा निवासी नयाँमार्ग साप्ताहिकका सम्पादक/प्रकाशक अग्रज पत्रकार लक्ष्मणबहादुर बिष्टले नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखालाई अक्षयकोष स्थापनार्थ एक लाख रुपैयाँ प्रदान गर्नुभएको छ।

उहाँले हस्तान्तरण गर्नुभएको उक्त रकमको ब्याजबाट ललितपुरमा सक्रिय पत्रकारितामा संलग्न दुई जना पत्रकारलाई पुरस्कार प्रदान गरिनेछ। यो सहयोगले  पत्रकारहरूलाई प्रोत्साहन गर्ने र गुणस्तरीय पत्रकारिताको प्रवर्द्धन गर्ने विश्वास महासंघले व्यक्त गरेको छ।

नेपाल पत्रकार महासंघ ललितपुर जिल्ला शाखाले अग्रज पत्रकार बिष्ट तथा उहाँको परिवारलाई धन्यवाद ज्ञापन गर्दै प्रदान गरिएको रकम संस्थाको अक्षयकोषमा जम्मा गरिने जनाएको छ्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय