धनकुटा ।गत माघ २२ गते देखि फागुन ६ गते सम्म सञ्चालन भएको एचपीची खोप अभियानमा सहिदभूमिगाउँपालिकामा ८ सय २१ जना किशोरीलाई खोप लगाउन सफल भएको छ ।
सरकारले देशभर एचपीभी खोप अभियान गत माघ २२ गते देखि १५ दिन अर्थात् फागुन ६ गतेसम्म सञ्चालन गरेकोथियो। अभियानमा सहिदभूमि गाउँपालिकाको २३ वटा विद्यालयका कक्षा ६ देखि १० सम्मका ८सय २१ जनाकिशोरीलाई खोप लगाइएको स्वास्थ शाखा प्रमुख फकिर् महोमत्तले जानकारी दिनु भयो । खोप अभियानमा २३ जनास्वास्थ्यकर्मी र ४६ जना स्वयमसेविकाहरु खटेका थिए । यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशतकिशोरीलाई लगाउने लक्ष्य लिइएको छ । सन् २०३० सम्ममा पाठेघर मुखको क्यान्सर निर्मूल पार्न ९०:९०:९० कोयोजना छ । यो भनेको ९० प्रतिशतलाई खोप लगाउने, ९० प्रतिशतको स्क्रिनिङ गर्ने र ९० प्रतिशतको सफल उपचार गरिने हो।

यस्तै सहिदभूमि गाउँपालिकाको स्वास्थ्य शाखा बाट नियमित खोप तथा स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु जेष्ठ नागरिकहरुका लागि स्वास्थ शिविर सञ्चालन लगायतका कार्यक्रम सञ्चालन गरिने स्वास्थ शाखाले जनाएको छ ।












