काठमाडौं ७,फागुन ।काठमाडौं महानगरपालिकाको बालुवाटारमा व्यवसायी बसन्त लामाले ३ करोड रुपैयाँको लगानीमा ‘मेलुङ थकाली किचेन’ सञ्चालनमा ल्याउने भएका छन्। भोलिदेखि सञ्चालनमा आउने यस भान्छाघरमा स्तरीय सेवा र मौलिक थकाली परिकार उपलब्ध हुने लामाले जानकारी दिएका छन्।
२५० जनाको क्षमता, ७० जनालाई रोजगारी

मेलुङ थकाली किचेनमा एकै समयमा २५० जना ग्राहक बस्न सक्ने सुविधा छ। साथै, यसले ७० जनालाई प्रत्यक्ष रोजगारी दिनेछ। ग्राहकलाई सुविधा दिने उद्देश्यले निःशुल्क फास्ट चार्जिङ सेवा सहितको एकै पटक ३० ओटा गाडि र १०० ओटा मोटरसाइकल पार्किङ गर्न पाइनेछ्।
मेलुङको मौलिक स्वाद
लामाले मेलुङको विशेषता झल्किने लोकल अर्गानिक परिकार, विशेषगरी मेलुङको असला माछाको स्वाद ग्राहकले लिन पाउने बताए। मेलुङ गाउँपालिकाको पहिचान झल्काउन भान्छाघरका हलहरूमा मेलुङका विभिन्न स्थानको नामबाट नामकरण गरिएका छन्।
नेपालभर १५० शाखा विस्तारको अनुभव
यसअघि लामाले ‘द बर्गर हाउस एन्ड क्रन्ची फ्राइ चिकेन’ ब्रान्डलाई नेपालभर १५० स्थानमा विस्तार गरिसकेको अनुभव समेत संगालेका छन्। मेलुङ थकाली किचेन पनि यस्तै सफल व्यवसायिक मोडेलका रूपमा अगाडि बढ्ने उनको विश्वास छ।












