विराटनगर, फागुन  कोशी प्रदेशमा सञ्चालनमा रहेका सञ्चार माध्ययमहरुको अवस्थाको अध्ययन आवश्यक सुधारकालागि नेकपा (एमाले) ले समिति गठन गरेको समितिले प्रदेश भित्र रहेका मिडिया हाउसको दिगो विकास र मिडियाकर्मीहरुको सुरक्षा तथा व्यवसायिकताका विषयमा सुझाव पेश गर्नेछ

विहिबार विराटनगरमा सम्पन्न नेकपा (एमाले) कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागको दोस्रो बैठकले प्रचारविभागका प्रमुख लक्ष्मण तिवारी, उपप्रमुख भीमज्वाला राई, सचिव यज्ञ शर्मा सदस्यहरु मोहनकाजी न्यौपाने सुमनपुरी रहेको पाँच सदस्यीय समिति गठन गरेको हो

कोशी प्रदेशमा सय २९ पत्रपत्रिकाहरु सय १६ अनलाईन डिजिटल पत्रिका रहेको तथ्याङकमा रहेको भएपनि त्यसको अवस्था चुनौतिहरु के के रहेकाछन् तिनलाई सुधारका लागि के गर्न सकिन्छ साथै ति सञ्चारमाध्ययमहरुमा काम गर्ने सञ्चारकर्मीहरुको अवस्था भविष्यका बारेमा अध्ययन गरि प्रदेश सरकारका तर्फबाट गर्न सकिने प्रयासहरुका सम्बन्धमा सुझाव प्रस्तुत गरिने प्रचार विभाग प्रमुख लक्ष्मण तिवारीले बताउनु भयो

बैठकका प्रमुख अतिथि कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा नेकपा (एमाले) स्थायी कमिटी सदस्य शेरधन राईले सञ्चार माध्ययमहरुको पछिल्लो अवस्था राम्रो नभएको तिनको विकासमा पार्टी प्रदेश सरकारले गर्नुपर्ने दायित्वबाट सरकार पार्टी पछि नहट्ने आवश्यक सुधारको काममा सधैं तयार रहने बताउनुभयो

बैठकमा अनलाईन मिडियाको कोशी प्रदेशको वर्तमान अवस्थाका बारेमा सुमन पुरी प्रदेशको छापा माध्यमको बारेमा देवेन्द्र कार्कीले प्रस्तुत गर्नु भएको प्रारम्भिक प्रतिवेदनहरु उपर छलफल गरिएको थियो बैठकले प्रदेशमा रहेका मिडियाहरु समाज सिंगो प्रदेशकै साझा सम्पति रहेकाले त्यसको जगेर्नामा पार्टीले विशेष योजना ल्याउनेगरी छलफलभएको प्रचार विभागका उपप्रमुख भीमज्वाला राईले बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय