धनकुटा ।

धनकुटा नगरपालिका १ हिले स्थित धार्मिक एवं पर्यटकिय स्थल श्री वक्रकुण्ड मन्दिर क्षेत्रमा भगवान् अवलाेकेत्यश्वर ( चेन्गरेसि) वुद्वको मूर्ति निर्माण गरिने भएको छ ।  बुधबार  उक्त मूर्तिको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले शिलान्यास गर्नु भएको हाे । शिलान्यास पछि कार्यक्रममा बाेल्नु हुदै मेयर तामाङले  धनकुटा नगरभित्र धार्मिक स्थलकाे विकास तथा प्रवद्वन गर्नका लागि नगरकाे तर्फबाट संरक्षण तथा भाैतिक पूर्वाधार  निर्माण कार्यभइरहेको जानकारी दिनुभयो ।  काेशी प्रदेश सरकारबाट विनियोजित बजेट १० लाख मार्फत १२ फुट अग्लो मूर्ति बनाइन लागेको  धनकुटा नगरपालिका वडा नं १ का वडाअध्यक्ष ओङद तामाङले बताउनु भयो । साथै उहाँले मुर्तिकाे निर्माणकार्य २ महिना भित्र सम्पन्न हुने जानकारी दिनुभयो ।
मन्दिर व्यवस्थापन समितीका अध्यक्ष लालचन गाेङ्वा तामाङले  मुर्ति निर्माण पछि हिले बजारमा थप  धार्मिक पर्यटन  विकासमा सहयोग  पुग्ने विश्वास व्यक्त गर्नुभयो ।साथै मुर्ति निर्माण कार्य पूरा गर्नका लागि धनकुटा नगरपालिकालाई पनि आर्थिक सहयोगको लागि पहल गरिने बताउनुभयो । उक्त मुर्ति शिलान्यास कार्यक्रममा हिले २ नम्बर बाहिनी अड्डाका मेजर प्रमाेद भडेल, हिले प्रहरी चाैकि प्रमुख , हिले बजार तथा धनकुटा बजारका बुद्धिजीवी समाजसेवी , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिकाे उपस्थित थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय