
धनकुटा ।
धनकुटाकाे साँगुरीगढी गाउँपालिकाकाे द्राेस्राे अधिवेशन बाट पुर्ण खजुमकाे अध्यक्षतामा ६५ सदस्य गाउँ कमिटी सर्वसम्मत चयन भएकाछन् ।
शुक्रबार सम्पन्न गाउँकमिटी अधिवेशनले सर्वसम्मतिले खजुमकाे अध्यक्षतामा ६५ गाउँ कमिटी चयन गरिएको हाे । यस्तै गरि उपाध्यक्षमा लिलाराज लावती , सचिवमा सुमन राई ,उपसचिवहरुमा विमला राई र अनिल राई चयन गरिएको छ । उक्त अधिवेशनले डबलसिंह नेम्वाङ अध्यक्ष रहेको लेखा समिति चयन गरिएको नेकपा एमाले जिल्ला कमिटी धनकुटाले जानकारी दिएको छ ।
नेकपा एमाले साँगुरीगढी गाउँपालिका कमिटी अध्यक्ष बालकृष्ण राईकाे सभापतित्वमा सम्पन्न अधिवेशनकाे नेकपा एमाले केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री राजेन्द्र कुमार राईले उद्घघाटन गर्नु भएको थियोे । अधिवेशनमा प्रदेश तथा जिल्लाका नेता कार्यकर्ताकाे उपस्थिति थियोे ।